६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा आजदेखि ‘जुत्ता मेलासँगै म:म उत्सव’ सुरु (फोटो फिचरसहित)



बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा ‘जुत्ता मेलासँगै म:म उत्सव’ आजदेखि सुरु भएको छ । डेल्टा कम्प्लेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजकमा एक महिने ‘जुत्ता मेलासँगै मस्म उत्सव’ आजबाट सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघका हरि प्रसाद अर्यालले स्वदेशी उत्पादनहरु गुणस्तरमा ध्यान दिन जरुरी रहेको बताए । कतिपय स्वदेशी उद्योगका नाम दिएर लेभलमात्र लगाउने गरेको भन्दै यसप्रति उद्योगीहरु सचेत हुनुपर्ने सुझाव दिए । जुत्ताचप्पलमात्र नभई अन्य धेरै उद्योगहरुलाई सरकारबाट प्रवद्र्धनका कार्यक्रम अघि बढाउनुपर्ने उनले औल्याए ।

कार्यक्रममा नेपाल जुत्ता घर बुटवलका संचालक नानीराज घिमिरेले एकवर्षअघि पहिलोपटक बुटवलमा सामुहिक शोरुम खोलेको स्मरण गर्दै एक वर्षको अवधिमा देशका ११ स्थानमा उद्घाटन गरिसकेको बताए ।

वार्षिक बजेट बराबरको अहिले देशको ब्यापार घाटाको अवस्थालाई कम गर्नुको साथै स्वदेशी उत्पादनलाई बढावा दिने गरि अभियानका रुपमा आफुहरु लागेको उनले बताए । अर्थतन्त्रमा ८० प्रतिशत बढि निजि क्षेत्रको योगदान दिएको बेला अझै पनि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण गलत रहेको उनले बताए । ब्यापारीहरुलाई हेर्ने दृष्टिकोणको संस्कारलाई सकारात्मक गर्नु आजको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगनीले सबै पक्षहरुको निगरानी र दबाबबाट सिमामा कडाई गर्दा स्वदेशी सामान खपत बढेको बताए ।

फुटवेयर म्यानुफ्याक्चर एशोसियन अफ नेपालका अध्यक्ष तथा नेपाली जुत्ता घरका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले देशमा रहेका १५ सय उद्योगीहरु जुनसुकै गुणस्तरको जुत्ता तयार गर्न सक्ने क्षमता रहेको बताए । चोरीपैठारीको मुख्य नाकाका रुपमा कृष्णनगर नाका मख्य भएको उनले आरोप लगाउदै यो रोक्न सके ६५ प्रतिशत वर्तमान बजारबाट ८५ प्रतिशत पुग्ने बताए ।

कार्यक्रममा डेल्टा मार्ट तथा नेपाली लुगाघरका संचालक प्रकाश भुषालले जुत्ता मेला चलाएको एक वर्षको अवधिमा धेरै राम्रो बजार बिस्तार भएको बताए । ब्यापार एकदिनलाई नभई युगसम्म हुने भन्दै उपभोक्ताको सन्तुष्टिलाई पहिलो प्राथमिकता रहने उनले बताए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका कार्यबाहक अध्यक्ष कृष्ण पराजुलीले सिआईएन संस्थागत रुपमा मेकिङ र मेड ईन नेपाल नारासहित अभियान चलाएको उनले बताए । जुत्ताको बजार राम्रो भएपनि यसलाई नया ढंगबाट अघि बढाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा उद्योग व्यापार संघ रुपन्देही अध्यक्ष विष्णुप्रसाद पाण्डेले जुत्ता मेला समयको माग भएको बताए । उपभोक्ताहरुलाई उत्पादन चिनाउनेमात्र नभई अब सरकारी स्तरबाट नै प्रयोगलाई बढावा दिने गरि बढ्न जरुरी रहेको उनले बताए ।

‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित डेल्टा कम्प्लेक्स परिसरमा फागुन ३० गतेसम्म चल्ने मेलामा नेपालका ख्याति प्राप्त फुटवेयर ब्राण्डहरुको बृहत् प्रर्दशनी, ५ हजार बढि प्रकारका फ्याक्ट्रिका उत्पादनहरु राखिएको संयोजक चोलाप्रसाद पाठकले बताए ।

फोटो फिचर

 

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : २४ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज