३१ बैशाख २०८१, सोमबार | May 13, 2024

नेपालगन्जमा पहिलो किरियापुत्री भवन बन्दै



नेपालगन्ज । बढ्दो शहरीकरणका कारण घरघरमा पितृकार्य गर्न असहज हुँदै गएका बेला नेपालगन्जमा पहिलो सार्वजनिक किरियापुत्री भवन बन्ने भएको छ । नेपालगन्ज उपमहानगरको वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिर अगाडी किरियापुत्री भवन बन्ने भएको हो ।

किरियापुत्री भवनको आज एक समारोहकाबीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे । सो अवसरमा बोल्दै नगर प्रमुख विष्टले किरियापुत्री भवनले साँघुरो दुखद कार्यमा परेका नगरबासीलाई सहजता प्राप्त हुने विश्वास ब्यक्त गरे । उनले नेपालगन्जमा टड्कारोरुपमा किरियापुत्री भवन आवश्यक महसुस हुँदै आएकोमा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताए ।

करिब ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको किरियापुत्री भवनले सर्बसाधारणलाई काजकिरिया गर्न राहत प्रदान गर्ने निर्माण समितिका संयोजक सेमराज शाक्यले बताए । दुई वटा परिवारले एकसाथ किरिया गर्न मिल्ने गरी बनाउन थालिएको भवन २ तलाको हुने शाक्यले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका र वडा नम्बर ४ को सहयोग र समन्वय तथा विभिन्न व्यक्तित्वहरुको स्वःस्फूर्त सहयोगबाट किरियापुत्री भवन बन्न लागेको हो ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, समाजसेवी एवम् दाताहरु माधवी शाह, डा. सावित्रा कक्षपति, माधवराम बर्मा लगायतले सामुदायिक सहभागितामा बन्न लागेको किरियापुत्री भवनमा सबैको हातेमालो आवश्यक रहेको धरारणा राखेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ५ : ४४ बजे

विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा

काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक

कांग्रेसको निस्कर्ष – संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । उपेन्द्र यादव नेतृतवको जनता समाजवादी पार्टी नेपालले सरकारलाई

सीमा नाका शिल भएका बेला बिदा/काज नलिई बाँकेका प्रजिअले एकाएक जिल्ला छाडे

नेपालगन्ज । सरुवा भएर आएकै दिनबाट फेसबुकमा छाएका बाँकेका प्रमुख