५ चैत्र २०८२, बिहिबार | March 19, 2026

महाशिवरात्रिमा सिद्धबाबा पूजा गर्न टोकन लिनुपर्ने, लाईन बस्न नपर्ने



बुटवल । सिद्धबाबा धाममा भक्तजनलाई सहज पूजा व्यवस्थापनका लागि सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्री देखि टोकनको व्यवस्था गर्ने भएको छ । महाशिवरात्रिको पूजाका लागि लाग्ने ठूलो भीड नियनत्रण गर्न र सहज पूजाको व्यवस्था मिलाउन समितिले टोकनको ब्यवस्था गरेको हो । टोकनको व्यवस्था भएसँगै पूजाका लागि ठेलमठेल गरेर लाईन बस्न नपर्ने भएको समितिले दाबी गरेको छ ।

महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको मन्दिर बिकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले बताए ।

भक्तजनको पूजा व्यवस्थापनका सिद्धबाबाको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवस्थापन गरिएको उनले जानकारी दिए । बुटवलको योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए ।

सिद्धबाबा मन्दीरले नियमित सञ्चालन गर्दै आएको बाहेक अन्य बसमा उक्त दिन न्युनतम शुल्क २५ रुपैयाँ भाडादर निर्धारण गरिएको समितिले जनाएको छ ।

महाशिवरात्रीका दिन शुक्रबार विहान साढे ३ बजेदेखि पूजापाठका लागि मन्दिरको मूल गेट खुला गरिने बताउँदै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अम्मर प्रधानले ४० हजार बढी भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको बताए। भक्तजनलाई टोकनको व्यवस्था गरी पूजा गर्ने पालो नआउँदासम्म तथा पूजापछि पनि अखण्ड हरिकिर्तनमा सहभागी भई मनोरञ्जन लिन पाउनेगरी व्यवस्था मिलाइएको उनले बताए ।

महाशिवरात्रीको दिन अन्य समयभन्दा भक्तजनको भिड बढी हुने भएका कारण प्रहरी चौकी दोभानसँग समन्वय गरी ३ दर्जन बढी सुरक्षाकर्मी, स्थानीय युवा तथा सामाजिक संघ संस्थाबाट खटिने स्वयम् सेवकबाट सुरक्षा व्यवस्था मिलाइएको सचिव अरबिन्द पाण्डेले जानकारी दिए । यसैगरी मन्दिरमा रहेका १२ वटा सीसीटिभी क्यामेराबाट यहाँको सुरक्षा अवस्थाबारे अवलोकन तथा निगरानी राखिने बताए ।

पश्चिम नेपालकै पशुपतिको रुपमा बिकास गर्ने लक्ष्य राखिएको सिद्धबाबा मन्दिरमा भक्तजनलाई पूजापाठका लागि सकेसम्म सहज हुने गरी व्यवस्था मिलाउने प्रयास भैरहेको सदस्य तोया लम्सालले जानकारी दिए । तयारी बारे जानकारी दिन विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महाशिवरात्रीका दिन भक्तजनका लागि प्रशाद वितरण, निशुल्क भोजन लगायतका लागि भण्डारा सञ्चालन गरिने बताए ।

महाशिवरात्रीको दिनबाहेक वार्षिक डेढ लाख बढी भक्तजनले दर्शन गर्ने सिद्धबाबा मन्दिरमा संकलित दान दक्षिणाबाट मन्दिरको भौतिक संरचना निर्माण तथा तिनाउँ गाउँपालिका भित्रका धार्मिक पर्यटकीय क्षेत्र र शैक्षिक क्षेत्रमा लगानी गर्ने गरिएको सदस्य रामबहादुर थापाले जानकारी दिए । मन्दिरमा वार्षिक करिब डेढ करोड आम्दानी हुने गरेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ९ : ३६ बजे

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना