२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

नेपालगन्ज-गौघाट सडकको ठेकेदार बेपत्ता भएपछि स्थानीय उत्रिए सडक आन्दोलनमा



खजुरा । बाँकेको खजुरा स्थिति गौघाट परसपुर सडक बेवारिसे छाडेर ठेकेदार कम्पनी बेपत्ता भएपछि स्थानीयले आन्दोलन थालेका छन् । सडक सम्पन्न गर्ने म्याद ६ महिना बाँकी रहँदा १२ प्रतिशतमात्र काम गरेर ठेकेदार कम्पनी बेपत्ता भएपछि स्थानीयले आन्दोलन थालेका हुन् ।

स्थानीयले आज दिनभरी नै नेपालगन्जको परसपुर गौघाट सडक बन्द गर्दै वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले सो सडक खण्डको रिमझीम चोक र त्य आसपासमा चक्काजाम गर्दै सवारी आवागमन थप्प पारेका छन् भने जनप्रतिनिधिबाट ठोस पहल नभएको भन्दै खजुरा गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा पनि ताला लगाइदिएका छन् ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्यले ठेक्का सम्झौता सकिन ६ महिना बाँकी रहँदा १२ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाएका छन् । उनले ठेकेदारलाई कारबाहीको लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाएको जानकारी दिए ।

संघीय सरकारको बजेटमा निर्माण हुन लागेको परसपुरदेखि गौघाटसम्म १० किलोमिटर सडक निर्माणको लागि कन्काई–गणपति जेभिले १३ करोड ४३ लाख २४ हजार ५९१ रुपियाँमा ठेक्का पाएको थियो ।

परसपुर–गौघाट सडक खण्डको अवस्था ध्वस्त भएका कारण दैनिक रुपमा बाँके र बर्दियाका जनताले दुःख पाउँदै आएका छन् । सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने गरि सम्झौता भएको थियो । तर कन्काई–गणपति जेभिले भने सम्झौता भएको १६ महिनापछि मात्रै काम सुरु गरेको थियो । १६ महिनापछि १२ प्रतिशत काम गरेर बेपत्ता भएको ठेकेदारका बिरुद्ध स्थानीय आन्दोलित भएका हुन् ।

स्थानीयले गरेको आन्दोलन जायज रहेको खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनराम ओलीले बताए । उनले स्थानीय आन्दोलित हुनु अघि नै स्थानीय सरकारले सडक डिभिजन देखि प्रधानमन्त्री कार्यालय सम्म सडकका विषयमा पत्राचार गरिसकेको जनाउँदै वडा कार्यालयमा ताला लगाएर भने समाधान ननिस्कने बताए । ‘स्थानीयले सास्ती खेपिरहेको सत्य हो, स्थानीयको आन्दोलनमा पालिका संगसँगै छ, तर आन्दोलन कस्का विरुद्ध गर्ने भन्ने कुरा भने तय हुन जरुरी छ ।’ उनले भने ।

कारवाहीको वातावरणकै लागि डिभिजन सडकले सार्वजनिक सूचना नै गरेर काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन गरिसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : २१ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस