१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

कैलालीमा धमाधम लाइटर बोकेको ट्रकमा आगलागी



धनगढी । कैलालीमा एकपछि अर्को लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । कर्णाली चिसापानीस्थित पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै कैलालीमा लाइटर बोकेको अर्को ट्रकमा आगलागी भएको हो ।

शनिबार दिउँसो साढे ३ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका( ४ मुडामा पूर्वबाट पश्चिम आउँदै गरेको लाइटर,खुर्सानी र बच्चाको डाइपर लोडभएको प्रदेश ३-०३-००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्रकको आगलागी झण्डै २ घण्टा लगाएर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । प्रहरी टोली, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा आएको उनले बताए ।

क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा लाइटर बोकेको अर्को ट्रकमा एक्कासि आगो लागेको थियो । उक्त आगोले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर पुलको मर्मत सम्भारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : ३३ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ