२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो



बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै परेको निवेदनको छानबीन गर्दै १२ थान मोबाइल फेला पारेर मोबाइल धनीलाई बुझाएको छ । बिभिन्न मिति र समयमा आफुहरुले प्रयोग गर्दै आईरहेको मोबाईल सेटहरु हराएको हुँदा खोजतलास गरिदिन परेको निवेशदनका आधारमा प्रहरीले मोबाइल फेलापारी मोबाइल धनीलाई बुझाएको हो ।

प्रहरीले ओप्पो ३ थान, रेडमी नोट ३ थान, पोको २ थान, यनप्लस २ थान, रियलमी १ र इनफिनिस १ थान मोबाइल फेलापारेर बुझाएको जनाएको छ । हराएको मोबाइल फेला परेर बुझ्नेहरुमा बुटवलका अभिषेक पौडेल, सिद्धार्थनगरका समृद्धी त्रिपाठी, नम्रता कुमारी चौधरी, हरीओम थारु, बिवेक थापा क्षेत्री, सियारी गाउँपालिका वडा नं.१ की शुसिला यादव, मायादेवी ८ का धन बहादुर सुनार रहेका छन् ।

त्यसैगरि प्रहरीले कोटहीमाई ४ का रामानन्द चाई, तिलोत्तमा १४ का खिरमाया पुन, लुम्बिनी सास्कृतिक नगरपालिका १ का प्रवल श्रीवास्तव, बाग्लुङ निसीखोला गाउँपालिका २ का छविलाल पौडेल र अर्घाखाची सितगंगा २ की आस्था घिमिरेको हराएको मोबाइल फेला पारेर फिर्ता गरिदिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ४ : ०३ बजे

पूर्वन्यायाधीशको निधन भएपछि सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन्

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार

बुटवलमा वैधानिक मेडिकल खोलेर अवैधानिक औषधी बेच्ने फार्मेसी संचालक पक्राउ

बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा वैधानिक फार्मेसी खोलेर अवैधानिक

कोहलपुरमा लागु औषध कारोबारे पक्राउ गर्न गोली प्रहार, घाइते एकजना सहित २ जना पक्राउ

कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले लागु औषध काराबारेलाई पक्राउ गर्न