२७ बैशाख २०८३, आइतबार | May 10, 2026

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न दिनुपर्ने धारणा राखेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनभित्र नेपाली कांग्रेस दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा संसदीय छानबिन समिति बन्नुपर्नेमा पूर्ण समर्थन रहेको बताउदै संसदमा गृहमन्त्रीले आफ्ना कुरा राख्नुपर्ने बताएको सांसद ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक शाहीले भने, ‘राप्रपाको तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेका छौँ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ। छानबिन समिति बन्नुपर्ने कुरामा हामी पछि हट्दैनौँ ।’ गृहमन्त्रीले आफ्नो धारणा राखेपछि चित्त नबुझ्दा त्यसको प्रतिवाद गर्न सकिने उनले बताए ।

हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हातहालाहालको स्थिति भएपछि आज कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका थिए । छलफलमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सबै प्रतिपक्षी दलको एकमत रहेको बनाएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  २ : २५ बजे

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना

पारिस्थितिकी र अर्थतन्त्र प्रतिद्वन्द्वी होइनन्, सहयात्री हुन्

आधुनिक इतिहासको अधिकांश समयसम्म विश्व एउटा यस्तो विश्वासमा चल्यो कि

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली