४ पुस २०८२, शुक्रबार | December 20, 2025

केजरीवाललाई राहत, जमानतमा छोड्न अदालतको आदेश



काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवललाई  राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ ।

दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिंग मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ ।

अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपील गर्न ४८ घण्टाको समय मागेको छ। यस विषयमा अदालतले शुक्रबार न्यायाधीश समक्ष बहस गर्न सकिने बताएको छ । यसअघि, ईडीले अदालतलाई ४८ घण्टाको लागि जमानतमा रोक लगाउन भनिएको थियो, तर छुट्टै बेन्चले यसलाई अस्वीकार गर्यो ।

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ । यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ९ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको