२५ भदौ २०८३, बिहिबार | September 10, 2026

केजरीवाललाई राहत, जमानतमा छोड्न अदालतको आदेश



काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवललाई  राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ ।

दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिंग मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ ।

अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपील गर्न ४८ घण्टाको समय मागेको छ। यस विषयमा अदालतले शुक्रबार न्यायाधीश समक्ष बहस गर्न सकिने बताएको छ । यसअघि, ईडीले अदालतलाई ४८ घण्टाको लागि जमानतमा रोक लगाउन भनिएको थियो, तर छुट्टै बेन्चले यसलाई अस्वीकार गर्यो ।

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ । यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ९ : ४० बजे

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि