२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको आज विहान निधन भएको थियो ।

उनलाई सुतिरहेको ठाउँमा आज विहान ५ बजे उनलाई बेहोस अवस्थामा फेला पारिएको र लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको थियो ।

मृत्युको कारण हृद्धय घातका हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको छ । ओलीले मृतक थापा हिजो साँझ घर गएको बताएका छन् । उनले मृतक थापाको परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उनले भनेका छन्- ‘धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार । सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : ०० बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा