२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पहिरोले प्रहरी चौकीमा क्षति



बागलुङ । पहिरोले बागलुङ नगरपालिका-६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।

मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले उक्त चौकी निर्माण गरेको हो । भवन भत्किएपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई अन्यत्र सार्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्मको टोली उद्धारमा खटिएको छ । प्रहरी चौकीमा पाँच सुरक्षाकर्मी बस्दै आएका थिए । पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा समेत क्षति पुर्याएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ५४ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर