२ असार २०८३, मंगलबार | June 16, 2026

पहिरोले प्रहरी चौकीमा क्षति



बागलुङ । पहिरोले बागलुङ नगरपालिका-६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।

मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले उक्त चौकी निर्माण गरेको हो । भवन भत्किएपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई अन्यत्र सार्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्मको टोली उद्धारमा खटिएको छ । प्रहरी चौकीमा पाँच सुरक्षाकर्मी बस्दै आएका थिए । पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा समेत क्षति पुर्याएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ५४ बजे

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार