३ भदौ २०८३, बुधबार | August 19, 2026

धावनमार्गबाट चिप्लिएर घांसे मैदान पुगेको बुद्धएयरको जहाज २० घण्टापछि निकालियो



भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज फसेको २० घण्टापछि धावनमार्गबाट निकालिएको छ ।

बिहिबार राती ९ बजेबाट धावनमार्गबाट चिप्लिएर घांसे मैदानमा पुगेको जहाजलाई आज प्राविधिक टोलीले निकाल्न सफल भएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट उडान भरेर भैरहवा अवतरण गर्ने क्रममा चिप्लिएर घांसे मैदानमा पुगेको थियो ।

९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको सो जहाज धावनमार्गको आधा पुग्दा चिप्लिन पुगेको बुद्ध एयरले जनाएको छ ।

जहाज धावनमार्गमा चिप्लिएपछि पाइलटले एटीसीलाई जानकारी गराएसँगै यात्रुलाई सुरक्षित रूपमा झारिएको थियो ।

जहाजलाई प्राविधिकले आज साँझ ६ बजे धावनमार्गबाट निकालेको छ । जहाजको अवस्थाबारे अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : २४ बजे

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज