६ पुस २०८२, आइतबार | December 22, 2025

धावनमार्गबाट चिप्लिएर घांसे मैदान पुगेको बुद्धएयरको जहाज २० घण्टापछि निकालियो



भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज फसेको २० घण्टापछि धावनमार्गबाट निकालिएको छ ।

बिहिबार राती ९ बजेबाट धावनमार्गबाट चिप्लिएर घांसे मैदानमा पुगेको जहाजलाई आज प्राविधिक टोलीले निकाल्न सफल भएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट उडान भरेर भैरहवा अवतरण गर्ने क्रममा चिप्लिएर घांसे मैदानमा पुगेको थियो ।

९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको सो जहाज धावनमार्गको आधा पुग्दा चिप्लिन पुगेको बुद्ध एयरले जनाएको छ ।

जहाज धावनमार्गमा चिप्लिएपछि पाइलटले एटीसीलाई जानकारी गराएसँगै यात्रुलाई सुरक्षित रूपमा झारिएको थियो ।

जहाजलाई प्राविधिकले आज साँझ ६ बजे धावनमार्गबाट निकालेको छ । जहाजको अवस्थाबारे अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : २४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको