२३ श्रावण २०८३, शनिबार | August 8, 2026

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

राप्रपाको निर्देशन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नपर्ने ठहर गरेको हो ।

प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबारको बैठकले संसदमा आइतबा प्रधानमन्त्री ओलीले विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राप्रपाले सरकार बन्ने क्रममा संविधान संशोधनको एजेण्डामा समर्थन गर्न सकिने भन्दै सरकारलाई समर्थन गर्न सकिने आशय व्यक्त गरेको थियो । तर, एमाले–कांग्रेस गठबन्धनका गतिविधि विश्लेषण गरेपछि विपक्षमा मतदान गर्नुपर्ने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विश्वासको मतसम्बन्धी औपचारिक निर्णय गर्न राप्रपाले संसदीय दलको बैठक भने आइतबार बिहान ११:४५ मा बोलाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : १३ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै