२१ मंसिर २०८२, आइतबार | December 8, 2025

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

राप्रपाको निर्देशन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नपर्ने ठहर गरेको हो ।

प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबारको बैठकले संसदमा आइतबा प्रधानमन्त्री ओलीले विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राप्रपाले सरकार बन्ने क्रममा संविधान संशोधनको एजेण्डामा समर्थन गर्न सकिने भन्दै सरकारलाई समर्थन गर्न सकिने आशय व्यक्त गरेको थियो । तर, एमाले–कांग्रेस गठबन्धनका गतिविधि विश्लेषण गरेपछि विपक्षमा मतदान गर्नुपर्ने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विश्वासको मतसम्बन्धी औपचारिक निर्णय गर्न राप्रपाले संसदीय दलको बैठक भने आइतबार बिहान ११:४५ मा बोलाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : १३ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब