१ पुस २०८२, मंगलबार | December 16, 2025

सहकारी छानबिन समितिले आज लामिछानेसँग बयान लिने



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रवन्ध निर्देशकसमेत रहेका लामिछानेलाई समितिले आज दिउँसो २ बजे बोलाएको हो ।

लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति तथा संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लाग्दै आएको छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारी, सहारा चितवन सहकारी तथा बुटवलको सुप्रिम सहकारीबाट करोडौं रकम गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।

लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि संसदले गत जेठ १५ गते सूर्य थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिलाई दिएको तीनमहिनाको समयअवधि भदौ २३ गते सकिँदैछ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ७ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज