काठमाडौँ । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
उनका अनुसार १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीबाट उद्धार कार्य जारी रहेको थापाले बताए ।
तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए ।
शुक्रबार तनहुँको मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको थियो ।




















प्रतिक्रिया