१२ माघ २०८२, सोमबार | January 26, 2026

इजरायलको लेबनानमा आक्रमण, हिजबुल्लाहका सेन्टर निशानामा



काठमाडौं । इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण गरिरहेको बताएको छ । इजरायलले हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि यो कदम चालेको जनाएको छ ।

इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भने, ‘हामीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेका छौं।’

इजरायलले लेबनानमा आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाह क्षेत्रबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको पनि बताएको छ । करिब तीन दिन अघि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका १० वटा स्थानलाई निशाना बनाएको थियो ।

इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाए । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ ।

यी आक्रमणहरूको जवाफमा, हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा 50० भन्दा बढी मिसाइलहरू प्रहार गरेको थियो । हिजबुल्लाहले आफ्ना सैन्य कमाण्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको बताएको छ ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्को आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  १२ : ०२ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली

निर्वाचन आउन ३८ दिन बाँकी : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा