६ श्रावण २०८३, बुधबार | July 22, 2026

पैचोले ल्यायो ‘चाडपर्व उपहार योजना’



काठमाडौं । पैचो पसल प्रालिले चाडपर्व अवसरमा उपहार योजना सार्वजनिक गरेको छ ।

सोमबार कृष्णअष्टमीबाट सुरु भएको उपहार योजना तीज, दशै, तिहार, छठ हुँदै क्रिसमससम्म संचाचलन हुनेछ । पैचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुनसकिने कम्पनीले जनाएको छ ।

आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिदै आएको पैचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो । नेपाली घर आँगनमा भित्रिँदै गरेका चाडपर्वलाई उत्सव र खुसीयाली बनाउने चाडपर्व अफर ल्याइएको पैचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए ।

पैचोले उपहार योजनामा प्रथम उपहार वासिन मेशिन १ जनालाई, द्वितीय उपहार फ्रिज २ जनालाई तृतीय उपहार टेलिभिजन ३ जनालाई, चौथो उपहार स्प्रे ट्यांकी ४ जनालाई दिने जनाइएको छ । यस्तै पाँचौ उपहार १ हजार रूपैयाँको कृषि बीउबिजन २० जनालाई ,छैठौं उपहार ५ सय रूपैयाँको पैचो कम्पनीका उत्पादन २० जनालाई दिने घोषणा गरेको हो ।

उपहार कुपन पैचोको १२ वटा शाखा र १२ वटा आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुने छ ।

उपहार कुपन प्राप्त गर्न पैचोका शाखा र आउटलेटबाट २ हजार ५ सय रूपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफुल बिक्री गर्दा एउटा कुपन ग्राहकले पाउने छन। यस्तै १ हजार रूपैयाँको तरकारी तथा फलफूल खरिद गर्दा, १ हजार रूपैयाँको फेन्सी तथा गिफ्ट सामान खरिद गर्दा, ५ सय रूपैयाँको बीउबिजन खरिदगर्दा र प्रतिदिन प्रति संकलन ५० हजार रूपैयाँको संकलन गर्दा एक वटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उपहार योजना भदौ १० देखि पुस १० गतेसम्म लागू हुनेछ । पुरस्कारको घोषणा पैचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ११ : ३८ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय