३२ असार २०८३, बिहिबार | July 16, 2026

लिटिल हंगरको तेस्रो शाखा खजुरामा



खजुरा । नेपालगन्जमा मिठाइजन्य खाद्य पदार्थ तथा बेकरी र साकाहरी रेष्टुरेन्टको ब्राण्ड बनेको लिटिल हंगरले खजुरामा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । नेपालगन्ज र कोहलपुरमा केक बेकरी सहितको साकाहारी रेष्टुरेन्टको सफल सञ्चालनपछि तेस्रो शाखाकारुपमा खजुरामा लिटिल हंगरको शाखा सञ्चालनमा आएको हो ।

आज एक कार्यक्रमका बीच लिटिङ्ग हंगरको तेस्रो शाखाको खजुरा गाउँपालिकाका प्रमुख डम्बर विक तुफानले उदघाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष विकले खजुराले सफल ब्यवयायी भित्र्याउन सकेकोमा खुसी ब्यक्त गरे । उनले खजुरामा आवश्यक भएको आधुनिक र सुबिधासम्पन्न रेष्टुरेन्ट र केक बेकरीलाई लिटिल हंकगरले पुरा गरेको बताए ।

लिटिल हंगरका प्रोपराइटर पियुष गुप्ताले कोहलपुरको व्यवसायिक सफलतापछि मिठाइ तथा केक एण्ड बेकरीको शाखा खजुरामा सञ्चालन गरिएको बताए । उनले खजुराबासीबाट पनि भरपूर साथ पाउने अपेक्षा सहित खजुरामा आफु प्रवेश गरेको बताउँदै उनले शाखा रहेकै स्थानमा जन्मदिन जस्ता तथा साना कार्यक्रम गर्ने हल उपलब्ध रहेको जानकारी दिए ।

‘हामी सेवाग्राहीलाई स्तरीय मिठाई सँगै केक एण्ड बेकरीको सहज उपलब्धताका लागि नेपालगन्जबाट कोहलपुर र अब खजुरामा पुगेका छौं’, गुप्ताले भने । उनका अनुसार कार्यक्रमहरु र घरमा हुने कार्यक्रमहरुमा पनि डेलिभरीको सुबिधा उपभोक्ताले प्राप्त गर्न सक्नेछन् ।

उदघाटन कार्यक्रममा खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, समाजसेवी शिवराज श्रेष्ठ, रामचन्द्र बोगटी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ६ : ४० बजे

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव