१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

नेपालगन्जमा नवौं प्रादेशिक महोत्सव हुँदै, बिगतमा भन्दा फरक अनुभूती गराइने



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघले नवौं सृङ्खलाको प्रादेशिक महोत्सव गर्ने भएको छ । संघले पुस ४ देखि १६ गतेसम्म नेपालगन्जमा नवौं प्रादेशिक महोत्सव आयोजना गर्ने भएको हो ।

उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिँदै यसवर्षको महोत्सवमा ‘उद्योग, व्यापार, कृषि, जडिबुटी र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन’ भन्ने नारा तय गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष टंकबहादुर धामीले ८ वटा मेला भन्दा फरक र अझै परिस्कृत ब्यवस्गापनका साथ महोत्सव आयोजना गरिने बताए । उनले लुम्बिनी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उद्योगी, व्यवसायीसमेत एउटै स्थानमा समेटेर उद्यमशिलता र ब्यवसायको प्रबद्र्धनका बारेमा महोत्सवमा बहस हुने बताए । महोत्सवमा उद्योगहरुको प्रत्यक्ष डेमोस्टेशन हुने जानकारी दिँदै अध्यक्ष धामीले सानो पुँजी लगानी गरेर उद्यम गर्न चाहने उद्योगीहरुले महोत्सवबाट केही सिकेर जाने वातावरण बनाईने जनाए ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष धामीले स्थायी प्रदर्शनी स्थल बनाउने कुरामा संघ दृढसंकल्पित रहेको दाबी गर्दै सरकारले भोगाधिकार दिएर फिर्ता गरेको जग्गा पुनः प्राप्तिका लागि पहल थालिएको जानकारी दिए । विगतमा बहुउद्देश्यीय सभा गृह बनाउनका लागि भन्दै महोत्सव आयोजना गरिँदै आएको थियो । सभा गृह बनाउने भनेर सरकारले संघको नाममा भोगाधिकार दिएको सडक विभागको १० बिगाहा जग्गा संघको बिगतको नेतृत्वले प्रदर्शनी स्थल बनाउने सक्रियता नदेखाएपछि सरकारले फिर्ता लिइसकेको छ ।

महोत्सवमा ३ सउ स्टल रहने र तीन लाख बढी अवलोकनकर्ताले अवलोकन गर्ने आशा राखिएको धामीले बताए ।

संघका महासचिव भीमबहादुर रानाभाटले पश्चिम नेपालको उद्योग, पर्यटन र कृषि क्षेत्रको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न थालेको र महोत्सवबाट औद्योगिक एवं व्यवसायिक क्षेत्रमा नविन उर्जा थपिने दाबी गरे । संघले साढे दुई दशकदेखि यस्ता महोत्सव गर्दै आएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : ५८ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको