३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

संसदीय दलहरू असफल र बदनाम हुदै जाँदा जनतामा निराशा : विप्लव



दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताएका छन् । नेपाली राजनीति अस्थिरता तर्फ धकेल्न अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएको बताउदै विप्लवले त्यसको सशक्त प्रतिवाद जरुरी रहेको बताए ।

नेकपा दाङले देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैन महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरता तर्फ धकेल्न खतरा बढेको बताए । संसदीय दलहरू असफल र बदनाम हुदै जादा जनतामा निराशा बढेको बताउदै विप्लवले यसको समाधान समाजवादी व्यवस्थाबाट मात्रै हुने दाबी गरे ।

विप्लवले राज्य संयन्त्रको नेतृत्व नै भ्रष्टाचारको केन्द्र भएको बताए । राज्य संयन्त्रको भुमिकामा रहेकाहरु दिनप्रतिदिन भ्रष्टाचार र अनियमिततामा संलग्न हुदै गएको समेत उनले बताए ।

लोकतान्त्रिक गणतन्त्रले केही उपलब्धि दिएपनि त्यसलाई संस्थागत गर्न संसदीय दलहरू असफल भएको बताउदै उनले उल्टो उपलब्धि उल्टाउने प्रयास गरिएको दाबी गरे ।

उनले क्रान्तिकारी र समाजवादी आन्दोलनले मात्रै राष्ट्रिय समस्या समाधान दिने भन्दै अस्थिर र अस्थायी रङ्गमञ्चले मुलुकले निकास नपाउनेमा विश्वस्त हुन अपिल गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : ५४ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६