७ श्रावण २०८३, बिहिबार | July 24, 2026

अनुसन्धान गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न मिल्दैनः महासचिव पोखरेल



भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । विभिन्न चाडपर्वका अवसरमा एमाले चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नयाँ भनिएकाले यस्तो गरिररहेकामा विरोध जनाए ।

महासचिव पोखरेलले भने, “सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय ग¥यो कि भन्ने लाग्नसक्छ तर व्यक्ति केन्द्रीत छानबिन नगरौँ भन्ने पार्टीले त्यस्तो गर्न सक्दैन । छानबिन समिति सबै दलको सहभागितामा निर्माण गरिएको हो । तीमध्ये दुई पार्टी सत्ता र तीन पार्टी प्रतिपक्षमा रहेका छौँ, सबैको सर्वसम्मतिमा प्रतिवेदन तयार भएको र सरोकारवाला निकायले अनुसन्धान अघि बढाएको कुरालाई प्रतिशोध भनेर उचाल्नु राम्रो होइन ।”

यसैगरी उनले नयाँ भनेका पार्टीभन्दा पुरानै पार्टीले बरू न्यायालयप्रति सम्मान गरेर सहयोग गर्दै आएको धारणा राखे । “काँग्रेस एमालेले कुनै पनि काण्डमा अनुसन्धानको प्रक्रिया रोक्न नाराजुलुस गरेका छैनन् तर नयाँ भनिएका पार्टीले ठगी प्रकरणमा परेकालाई छानविन गर्न पाइँदैन भनेर आन्दोलन गरिरहेका छन् । यो राम्रो भएन”, महासचिव पोखरेलले भने । पटकपटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन कुनै पनि बहकाउमा नलाग्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : १७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी