३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

जनताले देखिने गरी काम भएको छः महासचिव पोखरेल



दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले विगतभन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको बताए ।

महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको बताए । उनले सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य र अत्यावश्यक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको भन्दै नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह गरे ।

तुलसीपुर उपपमहानगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गर्दै महासचिव पोखरेलले १९ वटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको धारणा राखे ।

तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले पालिकाका १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताए । उनले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य शाखाले आफ्नै भवनबाट सेवा सुरु गरेको भन्दै वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्र गर्ने काम छिट्टै सुरुआत गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, तुलसीपुुर उपमहानगरपालिकाका पूर्वनगरप्रमुख घनश्याम पाण्डे, वडा नं १९ का अध्यक्ष प्रेमनाथ योगीलगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : ३९ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार