१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताएका छन । जनजागृति माध्यमिक विद्यालय तिलोत्तमा–२ योगिकुट्टीको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न निर्मम समिक्षा गर्नुपर्ने बताएका हुन ।

उनले नतिजा खस्कनुको पछाडीको कारण खोज्नुपर्ने, त्यसकालागि शिक्षा विज्ञहरुले भूमिका बढाउनुपर्ने र सुधारका विकल्पहरु अघि सार्न आग्रह गरे । ‘लुम्बिनी प्रदेशको गत बर्षको एसइइको नतिजाले झस्काएको छ । त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ । यसकालागि निर्मम समिक्षा गरेर जानुपर्ने छ’, उनले भने, ‘गत बर्षको नतिजाले गम्भिर र चिन्तित बनाएको छ ।’

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न परम्परागत कक्षाकोठालाई रुपान्तरण गरेर आधुनिक प्रविधिसंग जोड्न जरुरी रहेको मुख्यमन्त्री आचार्यले धारणा राखे ।‘अव परम्परागत रुपमा सोंचेर हुदैन । हाम्रा शिक्षण विधि तथा क्रियाकलापलाई प्रविधि संग जोड्न जरुरी छ । कक्षाकोठाको रुपान्तरण पनि सोही अनुसार गर्न आवश्यक छ’, मुख्यमन्त्री आचार्यले भने, ‘अवको शिक्षालाई व्यवसायिक र प्राविधिक बनाउनुपर्छ । पढ्दापढ्दै स्वरोजगार हुनेगरी शिक्षा प्रणाली आजको आवश्यक हो ।’

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी र विद्यालयप्रति अभिभावकले निगरानी बढाउनुपर्ने समेत उनले बताए । मुख्यमन्त्री आचार्यले विद्यार्थीको पढाई प्रति रुची घट्दै जानु र विद्यालयमा पठनपाठनको वातावरण बनाईराख्न अभिभावकले नियमित निगरानी राख्नुपर्ने आवश्यकता औंल्याए । ‘विद्यार्थी कितावमा भन्दा सामाजिक सञ्जालमा बढी भुल्न थाले । यसले शिक्षण सिकाईमा असर पारेको छ । विद्यार्थीलाई कितावमा रुची बढ्नेगरी सिकाईको वातावरण बनाउनुपर्छ । अभिभावकले आफ्ना छोराछोरीको आनिवानी र साथसंगतलाई अनुगमन गर्न जरुरी छ’, उनले भने, ‘के कारणले छोराछोरीको पढाई विग्रिरहेको छ रु यसको कारण अभिभावकले पनि खोज्न जरुरी छ ।’

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले पनि आफ्नो भूमिकाको आफै समिक्षा गर्नुपर्ने भनाई मुख्यमन्त्री आचार्यको छ । ‘आफु कार्यरत विद्यालयको नतिजा कस्तो छ ? किन यस्तो भयो भनेर समिक्षा गर्नुपर्दैन ?’ उनले प्रश्न गर्दै भने, ‘शिक्षक आफ्नो भूमिका र काम प्रति जिम्मेवार बन्न जरुरी छ ।’

विद्यालयमा पूर्ण शैक्षिक वातावरण निर्माणकालागि विद्यालय परिवारले भूमिका बढाउनुपर्ने, त्यसमा तीन तहका सरकारले साथ सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद भुसालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा विद्यालयको बार्षिकोत्सवको उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १ : २६ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा