१० पुस २०८२, बिहिबार | December 25, 2025

नेकपा निर्वाचन आयोगमा दर्ता हुने, विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ ।

गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकले पार्टीका विचार र प्रस्तावलाई स्पष्ट गर्न देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए ।

सो पार्टीले २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषतासहितको समाजवादको पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइने उनले जानकारी दिए ।

उक्त पार्टीले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याजलगायत समस्या समाधानमा सरकारलाई जवाफदेही बनाउन आगामी फागुन २१ गतेदेखि झापा–कञ्चनपुर जनपरिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले सिङ्गो मुलुकलाई आत्मनिर्भरतासहित समृद्धितर्फ अघि बढ्न नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कृषि उत्पादनसहित उद्योग सञ्चालनका लागि अध्ययन अघि बढाउने, उत्पादन वृद्धि गरी काठमाडौं उपत्यकामा ‘सी व्यापार केन्द्र’ सञ्चालन गर्ने निर्णय गरेको महासचिव चन्दले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : ४८ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न