७ आश्विन २०८३, बुधबार | September 23, 2026

दलाल, भ्रष्ट र विचौलियाहरुसँग केपी ओलीको साँठगाँठ छ : भीम रावल

'ओलीले निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाइदिए'



काठमाडौं । नेकपा एमालेबाट हालसालै निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशमा सुशासन हासिल हुन्छ भन्नु हास्यास्पद भएको दाबी गरेका छन् ।

एमालेले सदस्यता खोसेपछि पहिलोपटक राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो बताएका हुन् । उनले ओलीले भ्रष्ट र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाए ।

रावलले प्रश्न गरे, ‘प्रतिक्रियावादी, देशद्रोहीहरु, भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गर्ने ओलीले देशमा सुशासन र समाजवाद ल्याउन खोजेको भनेर आम मानिसले पत्याइदिनुपर्ने ?’

रावलले ओलीले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाए ।

रावलले ओलले आफ्नो निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको बताए । ओलीले निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाइदिएपछि आफु देश र जनताको हितका लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएको रावलले स्पष्ट गरे ।

रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनजिविकाको पक्षमा झण्डा उठाउन सधैं अग्रसर भएको दाबी गरे ।

 

 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज