७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमाले केन्द्रीय समिति बैठक सुरू



काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ। गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहेको हो।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा हिजो ६४ जना केन्द्रिय सदस्य र ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए । आज बाँकी केन्द्रिय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अनावश्यक ‘दाउँपेच र छलछाम’ कारण कांग्रेस एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने जनाएका छन ।

कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिना भित्र उल्लेख्य प्रगति गरेको दावी गर्दै आर्थिक बिकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन ।

सरकारमा नहुदाँ ३.९ प्रतिशतको आर्थिक बृद्दीदरमा सिमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक देखिएको ओलीको प्रतिबेदन सत्ता सहयात्री कांग्रेस प्रति भने नरम रूपमा प्रस्तुत भएको देखिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : ५३ बजे

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट