१० असार २०८३, बुधबार | June 24, 2026

‘सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनुहुँदैन’



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताले सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीसँगको अन्तरक्रियामा उनले सही सूचना दिएर जनता सुसूचित हुन पाउने संवैधानिक हकको सम्मान गर्न आग्रह गरे ।

“कसले, कहाँ र के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने माध्यम सूचना नै हो । सही सूचनाले कमजोरी गर्नेलाई समयमा सच्चिने अवसर पनि आउँछ”, उनले भने,“सरकारले गरेका काम जति जनतामाझ पु¥याउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य पनि हुन्छ ।”

कर्णाली प्रदेश सरकारले सूचना लुकाउनुपर्ने गरी कुनै पनि काम नगरेको दाबी गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकार सुशासन, पारदर्शिता कायम गर्न र भ्रष्टाचार अन्त्य गरी विकृति एवं विसङ्गति अन्त्य गर्ने काममा लागेको जिकिर गरे ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ०३ बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै