१० पुस २०८२, बिहिबार | December 25, 2025

एमाले-कांग्रेसबीचको अप्राकृतिक गठबन्धन अब चल्दैन : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले-कांग्रेस गठबन्धन अब नचल्ने दाबी गरेका छन् ।

सिंहदरबारमा शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको छलफलपछि संचारकर्मीको प्रश्नको जवाफमा प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक भएको दाबी गर्दै अब नचल्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमै र बाहिर पनि भनेको तपाईंहरूले सुन्नुभएकै छ। अप्राकृतिक ढंगले अब यो चल्दैन।’

प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे छलफल भैरहेको बताए । प्रचण्ड र नेपालबीचको भेटमा लिङ्देनअघि जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ५४ बजे

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज राजधानीमा

स्वास्थ्यमन्त्री सारुद्वारा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड, रुपन्देही स्वास्थ्य पर्यटनको रुपमा विकासको संकेत

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वगृहमन्त्री रमेश लेखक

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी

काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति