१ पुस २०८२, मंगलबार | December 16, 2025

आर्थिक विकासका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्‍यौं : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केहि कानुन संशोधन गरेको बताएका छन्।

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको जनाए।

‘हिजो राती अबेरसम्म बसेर सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ’, उनले भने, ‘हामीले समृद्धि र आर्थिक विकासका लागि केही महत्त्वपूर्ण कानुनलाई संशोधन गरेका छौं।’ चाडोभन्दा चाडो कानुन संशोधनका लागि अध्यादेशमार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाई छ।

‘शासकीयसुधारसँग सम्बन्धीत कानुन, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानजुन र शुसासनलाई प्रत्याभूत गर्ने कानुन छन्’, उनले भने,’थप पनि उद्योगको वातावरण निमार्णका लागि सरकार हमेशा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ।’

उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका लागि महत्वपूर्ण निर्णय गरेको समेत बताए। ‘आईटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौं’, उनले भने, ‘विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरी कानुन निमार्णमा सरकार लागेको छ।’

कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए। ‘सात दिनभित्र निर्णय गर्ने निर्णय नभए कारबाही हुने व्यवस्था गरेका छौं’, लेखकले भने, ‘सात दिनभित्र हुने भए हुन्छ। नहुने भए हुँदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौं।’ आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको उनले बताए।

 

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ४ : ०९ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा