३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

सभापति देउवाको नामबाट सार्वजनिक भएको विज्ञप्ति नक्कली : नेपाली कांग्रेस



काठमाडौं। पार्टी सभापति शेरबहादुर देउवाको नामबाट सार्वजनिक भएको प्रेस विज्ञप्ति नक्कली भएको नेपाली कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्क‍ली प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा राखेर भ्रम छरिएको भन्‍दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी मुख्‍यालयका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सभापति देउवाको नामबाट जारी भएको भनिएको विज्ञप्ति नक्कली भएको उल्लेख गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले त्यस्ता गैरकानुनी कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग विज्ञप्ति मार्फत माग गरेको छ । विज्ञप्तिमा भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोध समेत गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ४२ बजे

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार

पत्रकारको नाममा सूचना माग्दै बार्गेनिङ गर्ने प्रवृत्ति पनि छ : प्रमुख सूचना आयुक्त आचार्य

हेटौडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद

अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्यलाई केही दिन अस्पताल राखिने, यस्तो छ अवस्था

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा गोल्डकपको च्याम्पियन

काठमाडौं । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको