३ भदौ २०८३, बुधबार | August 19, 2026

१० हजार धरौटीमा रिहा भए लगत्तै आशिका तामाङ फेरि पक्राउ



काठमाडौं । पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ धरौटीमा छुटेलगत्तै पक्राउ परेकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै आशिकालाई भक्तपुर प्रहरीले पक्राउ गरेर लगेको हो ।

गत माघ २ मा अभद्र व्यवहार मुद्दामा स्वयम्भूबाट पक्राउ परेकी उनलाई गौशाला प्रहरी बृत्तमा राखेर मुद्दा अघि बढाइएको थियो । उक्त मुद्दामा काठमाडौंका प्रजिअ तिवारीले धरौटीमा छाडे पनि भक्तपुरमा अर्को मुद्दा चलाउन पक्राउ गरिएको हो ।

आशिकाले काठमाडौंमा धरौटी बुझाएपछि भक्तपुर पठाइएको हो । आशिका पुस अन्तिममा पशुपति क्षेत्र विकास कोषका करार कर्मचारीबारे गौशाला बृत्तका डीएसपी शुकदेव खनालसहितका प्रहरीसँग भनाभनमा उत्रिउकी थिइन् ।

पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको थियो । कार्यालयमा पुगेको प्रहरीसँग पनि आशिका र उनका सहयोगीले गलफत्ती गरेका थिए । उनीहरूले सक्कलै पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई दबाब दिएका थिए ।

आशिकाले पशुपति परिसरमा ड्युटीमा रहेका प्रहरीलाई मुख छाड्दै गालीगलौज गरेपछि कारबाहीको दबाब परेको थियो । अब उनलाई भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा नै चलाउन लागिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ५७ बजे

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज