१४ कार्तिक २०८३, शनिबार | November 1, 2026

प्रादेशिक महोेत्सवमा अर्गानिक खाद्यबस्तुमा ग्राहकको आकर्षण



नेपालगन्ज । प्रादेशिक महोत्सव नेपालगन्जमा हिमाली र पहाडी जिल्लाका अर्गानिक खाद्यवस्तु ग्राहकको आकर्षणमा परेका छन् । महोत्सवका अर्गानकि उत्पादनका स्टलहरुमा ग्राहकको भीड लाग्ने गरेसँगै हिमाली र पहाडी जिल्लाका अर्गानिक खाद्यवस्तु अवलोकनकर्ताका आकर्षणमा परेका हुन् ।

अर्गानिक कोसेली फुड इन्डष्ट्रिज प्रा.लि.की सञ्चालक इन्दिरा शाहीले ड्राइफुड मिश्रित सातु किन्ने ग्राहक बढी आउने गरेको बताइन् । उनको पसलमा हिमाली र पहाडी भेगका खाद्यान्न वस्तु, लसुन, खुर्सानी, डल्ले खुर्सानी, टिमुरको छोप, सेलरोटी, जुम्ली अर्सा बिक्री भइरहेको छ । सञ्चालक शाही भन्छिन्, ‘दैनिक औसत दश हजार रुपैयाँ बराबरको बिक्री भइरहेको छ ।’

महोत्सवको स्टलभित्र प्रवेश गर्ने वित्तिकै पैचो पसलको स्टल भेटिन्छ । यो स्टलको बसे पनि शहर, गाउँकै खाने रहर नारा लेखिएको छ । पैंचोमा स्वदेशी उत्पादनका धेरै खाद्य वस्तुहरु राखिएका छन् । जहाँ लुम्बिनी प्रदेशका पहाडमा उत्पादन भएका कृषि उपजहरुलाई कच्चापदार्थकारुपमा प्रयोग गरेर खाद्य सामाग्री उत्पादन गरिने गरेको छ ।

मीठो छ फुड प्रा.लि.की सविता शाह फिनी, सेलरोटी, खुर्मा लगायतका खाद्य वस्तुमा ग्राहकको आकर्षण भइरहेको बताउँछिन् । उनको पसलमा दैनिक चार हजार रुपैयाँ बराबरको बिक्री भइरहेको बताउँछिन् । त्यस्तै नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बम फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नोको बिक्री बढिरहेको बताउँछिन् । उनको पसलमा ओखर, टिमूर, जिम्मु, च्याउ, सिन्कीलगायतका उत्पादन पनि रहेका छन् ।

बर्दियाको मधुवन ८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग बढी रहेको बताउँछिन् । उनको पसलमा चिप्स, दालमोठ, कुरकुरे, चना, केराउका उत्पादन स्टलमा राखिएका छन् ।

रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको पसलमा पनि जुम्ला, कालिकोट र बर्दियाका अर्गानिक खाद्य वस्तु स्टलमा राखिएका छन् । कोदो र फापरको पिठोमा बढी आकर्षण रहेको उनी बताउँछिन् ।

नेपालगन्ज बेलासपुरमा उत्पादन भएको हस्तकलाका सामाग्रीहरु पनि दर्शकका आकर्षण बन्ने गरेको छ । उद्यमी अनिता चौधरीले शनीबारका दिन बढी बिक्री भएको सुनाइन् ।

नेपालगन्ज २ बागेश्वरी टोलको आन्टीको अचार स्टलमा बयरको अचार, अकबरेको अचार, आँपको अचार, लप्सीको अचार, टिमुरको चटनी, सिध्रा, चिकन र बफ अचारहरु राखिएका छन् ।

महोत्सवका तथ्याङ्क व्यवस्थापन समितिका संयोजक युवराज ढकालका अनुसार महोत्सवमा हरेक स्टलहरुमा दैैनिक चौध पन्ध्र हजार रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । संयोजक ढकालले पनि अर्र्गानिक खाद्यवस्तुका स्टलमा बढी बिक्री भइरहेको बताए ।

महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न खाद्य वस्तु लगायतका २५० बढी स्टलहरु छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ३६ बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति