५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रादेशिक महोेत्सवमा अर्गानिक खाद्यबस्तुमा ग्राहकको आकर्षण



नेपालगन्ज । प्रादेशिक महोत्सव नेपालगन्जमा हिमाली र पहाडी जिल्लाका अर्गानिक खाद्यवस्तु ग्राहकको आकर्षणमा परेका छन् । महोत्सवका अर्गानकि उत्पादनका स्टलहरुमा ग्राहकको भीड लाग्ने गरेसँगै हिमाली र पहाडी जिल्लाका अर्गानिक खाद्यवस्तु अवलोकनकर्ताका आकर्षणमा परेका हुन् ।

अर्गानिक कोसेली फुड इन्डष्ट्रिज प्रा.लि.की सञ्चालक इन्दिरा शाहीले ड्राइफुड मिश्रित सातु किन्ने ग्राहक बढी आउने गरेको बताइन् । उनको पसलमा हिमाली र पहाडी भेगका खाद्यान्न वस्तु, लसुन, खुर्सानी, डल्ले खुर्सानी, टिमुरको छोप, सेलरोटी, जुम्ली अर्सा बिक्री भइरहेको छ । सञ्चालक शाही भन्छिन्, ‘दैनिक औसत दश हजार रुपैयाँ बराबरको बिक्री भइरहेको छ ।’

महोत्सवको स्टलभित्र प्रवेश गर्ने वित्तिकै पैचो पसलको स्टल भेटिन्छ । यो स्टलको बसे पनि शहर, गाउँकै खाने रहर नारा लेखिएको छ । पैंचोमा स्वदेशी उत्पादनका धेरै खाद्य वस्तुहरु राखिएका छन् । जहाँ लुम्बिनी प्रदेशका पहाडमा उत्पादन भएका कृषि उपजहरुलाई कच्चापदार्थकारुपमा प्रयोग गरेर खाद्य सामाग्री उत्पादन गरिने गरेको छ ।

मीठो छ फुड प्रा.लि.की सविता शाह फिनी, सेलरोटी, खुर्मा लगायतका खाद्य वस्तुमा ग्राहकको आकर्षण भइरहेको बताउँछिन् । उनको पसलमा दैनिक चार हजार रुपैयाँ बराबरको बिक्री भइरहेको बताउँछिन् । त्यस्तै नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बम फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नोको बिक्री बढिरहेको बताउँछिन् । उनको पसलमा ओखर, टिमूर, जिम्मु, च्याउ, सिन्कीलगायतका उत्पादन पनि रहेका छन् ।

बर्दियाको मधुवन ८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग बढी रहेको बताउँछिन् । उनको पसलमा चिप्स, दालमोठ, कुरकुरे, चना, केराउका उत्पादन स्टलमा राखिएका छन् ।

रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको पसलमा पनि जुम्ला, कालिकोट र बर्दियाका अर्गानिक खाद्य वस्तु स्टलमा राखिएका छन् । कोदो र फापरको पिठोमा बढी आकर्षण रहेको उनी बताउँछिन् ।

नेपालगन्ज बेलासपुरमा उत्पादन भएको हस्तकलाका सामाग्रीहरु पनि दर्शकका आकर्षण बन्ने गरेको छ । उद्यमी अनिता चौधरीले शनीबारका दिन बढी बिक्री भएको सुनाइन् ।

नेपालगन्ज २ बागेश्वरी टोलको आन्टीको अचार स्टलमा बयरको अचार, अकबरेको अचार, आँपको अचार, लप्सीको अचार, टिमुरको चटनी, सिध्रा, चिकन र बफ अचारहरु राखिएका छन् ।

महोत्सवका तथ्याङ्क व्यवस्थापन समितिका संयोजक युवराज ढकालका अनुसार महोत्सवमा हरेक स्टलहरुमा दैैनिक चौध पन्ध्र हजार रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । संयोजक ढकालले पनि अर्र्गानिक खाद्यवस्तुका स्टलमा बढी बिक्री भइरहेको बताए ।

महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न खाद्य वस्तु लगायतका २५० बढी स्टलहरु छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ३६ बजे

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा