२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

नेपालगन्जको प्रादेशिक महोत्सव : मार्सी चामलको भात र योमरी



नेपालगन्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईको भान्छा, तत्कालिका नेकपाका अध्यक्ष द्वय प्रचण्ड र केपी ओली अनी मार्सी चामलको भात । कुनै बेला यो फोटो सामाजिक सञ्जालमा निकै नै भाइरल बन्ने पुगेको थियो । अहिले भने मार्सीको भात खुवाउने प्रसाई र खाने प्रचण्ड र केपी फरक फरक ध्रुवमा पुगिसकेका छन् । उनीहरु फरक ध्रुवमा पुगेपनि मार्सी चामलको भातको महत्व भने घटेको छैन ।

नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको होटल पोभिलियनमा कर्णालीको लोकल मार्सीको भात खान पाईने व्यवस्था गरिएको छ । अर्गाानीक कोशेली पश्चिमेली परिकारको खाना खाजाघरमा मार्सीको भात, जूमी सिमीको दाल र लोकल कुखुराको मासुको व्यवस्था भएसँगै त्यहाँ मार्सी चामलको भात खान ग्राहकहरुको भीड लाग्ने गरेको छ । होटल रेष्टुरेन्ट परिषरको सो स्टलमा अर्डर अनुसारको कर्णालीका खाद्य सामाग्री तयार गरेर उपलब्ध गराइने गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघकी सदस्य समेत रहेकी ईन्दीरा शाहीले राखेको स्टलमा मार्सी चामलको भातसँगै कोदो र फापरको ढिँडो, मासको फाँडो पनि अर्डर अनुसार बनाइने सदस्य शाहीले बताइन् । उनले ग्राहकहरुले मासको फाँडो प्रति चासो व्यक्त गरेको जनाउँदै तयारी परिकार भन्दा जुम्ला र मुगुमा उतदीत मार्सी चामल, कोदो फापरको पिठो, मासको पिठो, सिमीलषयतका दलहन अवलोकनकर्ताहरुले किनेर लैजाने गरेको बताइन् ।

महोत्सवको अर्को आकर्षण बनेको छ, नेवारी खाजा घर । नेवाः समुदायमा प्रसिद्ध परिकार योमरी, सेलरोटी हांस, कुखुरा र पाडाको छोइला, बारा, सिद्राको अचार, चुकौनी जस्ता परिकार नेवारी खाजा घरमा खान पाइन्छ । नेवाः बाहेकका समुदायले योमरीलाई चासो दिएर खाने गरेको स्टलका संचालक प्रेमलाल श्रेष्ठले बताए । सतल र गुँडको मिश्रण भित्र राखेर बाफमा मात्र पकाइएको योमरी स्वास्थ्यको लागि पनि निकै लाभलायक रहेको बुढापाकाहरुले बताउने गरेका छन् । योमरी, सेलरोटी र चुकौनी धेरै परिमाणमा बिक्रि भएको खाजा घरका अर्का साझेदार चन्द्र श्रेष्ठले बताए । नेवारी खाजा घरबाट मेलामा आएका अवलोकनकर्ताले सेल र योमरी पासैल गरेर पनि घरघर लैजाने गरेको उनले बताए ।

त्यसो त कालिकोट र सल्यानका परिकारको बोर्ड लगाएर पकौडा र लालीपप बेच्ने स्टलहरु पनि महोत्सवमा देखिए । कालिकोटे खाजा भनेर बोर्ड राखिएको स्टलमा कालिकोटको कुनै परिकार नपाइएको मेलामा आएकी नेपालगन्जकी लक्ष्मी न्यौपानेले बताइन् ।

होटल परिषरमा आधुनिक खानाको पारखीका लागि स्वस्तीक र रोयल क्याफेको स्टलमा पनि युवाको आकर्षण कम नभएको प्रायोजक व्यवस्थापन उपसमितिका संयोजक कमल कार्कीले बताए । लामो समयको अन्तरालमा नेपालगन्जमा लागेको प्रादेशिक महोत्सवले सास्स्कृतिक प्रवर्द्धन सहित कर्णालीका कृषि उपज र परम्परागत परिकारलाई पनि संरक्षण गरेको महोत्सव मुल आयोजक समितिका संयोजक टंक धामीको दाबी छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : ५४ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि