६ श्रावण २०८३, बुधबार | July 23, 2026

माओवादीका प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर, को कहाँ तोकिए ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केही प्रदेश इन्चार्जहरू हेरफेर गरेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठले विभिन्न प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजनमा सामान्य हेरफेर गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल रहेका छन् । मधेश प्रदेशमा उपमहासचिव मातृका यादव र बागमतीमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्माको जिम्मेवारी यथावत राखिएको छ । लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज रहेका छन् । उनी यसअघि पनि सोही प्रदेशमा इन्चार्ज थिए ।

उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्तीले जिम्मेवारी पाएकी छिन् । यसैगरी प्रवासमा सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप/अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेश इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : १९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क