काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केही प्रदेश इन्चार्जहरू हेरफेर गरेको छ ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठले विभिन्न प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजनमा सामान्य हेरफेर गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल रहेका छन् । मधेश प्रदेशमा उपमहासचिव मातृका यादव र बागमतीमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्माको जिम्मेवारी यथावत राखिएको छ । लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज रहेका छन् । उनी यसअघि पनि सोही प्रदेशमा इन्चार्ज थिए ।
उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्तीले जिम्मेवारी पाएकी छिन् । यसैगरी प्रवासमा सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप/अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेश इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।



















प्रतिक्रिया