४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेदरल्याण्ड्सले जित्यो टस, सोमपाल र गुल्सनले सिरिजका सम्पूर्ण खेल गुमाउने



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जितेको छ । स्कटल्याण्डको डन्डीमा टस जितेर नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसले बलिङ रोजेका हुन् ।

नेदरल्याण्ड्सले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो । त्यस्तै नेपाली टीमका दुई भरपर्दा अलराउन्डर सोमपाल कामी र गुल्शना झा घाइते भएका छन् ।

भ्रमणको अन्तिम खेलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्नुअघि प्रशिक्षण दौरान यी दुई खेलाडी घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ । त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी-२० आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने भएका छन् ।

सोमपालले स्टटल्यान्ड विरुद्धको म्याचमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए । स्कटल्यान्डले दिएको ३२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा डग्मगाएको नेपालको ब्याटिङलाई सम्हाल्दै उनले जित नजिक पुर्याएका थिए । आठौं नम्बरमा आएर ४४ बलमा ६७ रन हाने पनि सोमपालले खेल जिताउन भने सकेनन् ।

गुल्शनले पनि पहिलो म्याचमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाउन ब्याटबाट महत्वपूर्ण योगदान दिएका थिए ।

आईतबार घरेलु टोली स्कटल्याण्डसँग खेलेको नेपाली टोलीमा ३ परिवर्तन भएको छ । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको स्थानमा नन्दन यादव, बसिर अहमद र अनिल शाहले मौका पाएका छन् ।

नन्दन यादबको यसै खेलबाट नेपालको लागि ओडिआई डेब्यु गरेका छन् । गत महिना मात्र नन्दनले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडिआई खेल्ने ४२औं खेलाडी हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २५ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ