५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पैचोको नेशलन सेल्स समिट : कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा प्रवद्धर्न गर्ने रणनीति तय



काठमाडौ । नौलो प्रकृतिको् बस्तु विनिमयबाट कारोबार सुरु गरेको पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको छ । ग्रामिण उत्पादनलाई सहरसम्म पु¥याइरहेको पैचोले पहाडी र उच्च पहाडी उत्पादनलाई कच्चापदार्थकारुपमा उपयोग गर्दै नेपाली टिपिकल स्वादलाई शहरसम्म पु¥याएर विक्रि वितरण गरिरहेको छ ।

समिटमा बोल्दै पैचो पसलका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले देशमा केही छैन भनेर विदेश पलायन भईरहेको नेपाली समाजलाई रोक्नका लागि अब कृषिमा काम गर्नुपर्नेमा जोड दिए । उनले भने ‘नेपालमा कृषि क्षेत्रमा सम्भावना छ । नेपाली उत्पादन अन्य देशका उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने पैचोका उत्पादनले देखाएको छ । नेपाली वस्तुको प्रयोग गर्नेको संख्या निरन्तर बढ्दा नेपाली कम्पनीको उत्पादन क्षमता विस्तार र रोजगारी बढ्छ । देशमा उत्पादनको खपत बढ्नु राष्ट्रकै लागि ठुलो अवसर हो ।’ उनले भने ‘नेपाली उत्पादनको व्यापार स्वदेशमा मात्र नभएर विदेशमा समेत माग उच्च छ । नेपाली उत्पादनले विदेशी उत्पादनलाई रोक्ने काम गरेको भन्दै नेपाली उत्पादनको बजार हिस्सा बढ्नु अवसर हो । ’

यस्तै पैचो पसलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव न्यौपानेले पैचोसंग १ लाख भन्दा बढी किसान जोडिएर काम गरिरहेको बताए । उनले भने ‘नेपाली किसानलाई व्यवसायी खेति गर्न पैचोले प्रोत्साहन गरिरहेको छ । किसानको खेतिबारीदेखि बजारसम्म आएको ग्रामिण उत्पादन बजारको रोजाईमा पर्नुले नेपाली कृषिउपजबाट बनेका उत्पादनको माग आगामी दिनमा अझै बढ्छ ।’

उनले बजारको रोजाईमा पैचोको उत्पादन बढ्दा सेल्स प्रतिनिधीले विदेशमा भन्दा नेपालमैै राम्रो आम्दानी गर्ने वातावरण बन्दै गएको बताए ।

कम्पनीको प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले पैचोको उत्पादनहरू बजारमा निरन्तर आफ्नो बजार बिस्तार गर्न सफल भएको बताए । कर्मचारीले नेतृत्व र दायित्वमा ध्यान दिने हो भने नेपाली ब्राण्ड स्थापित हुन धेरै समय नलाग्ने पैचोले उदाहरण देखाएको उनले बताए । उनले पैचोका उत्पादन स्वदेश तथा विदेशी बजारको हिस्सा बढाउन सहयोग गर्ने देशभरका कर्मचारीलाई धन्यवाद व्यक्त गरे । नेशलन सेल्स समिटमा आगामी आर्थिक वर्ष पैचोसंग जोडिएका किसानहरुको कृषिजन्य उत्पादन बढ्ने हुनाले पैचोको उत्पादन बजारमा राम्रो उपस्थिती रहने भन्दै व्यापार बिस्तार गर्ने रणनीतिमा लाग्नु पर्नेमा पनि उनले जोड दिए ।

समिटमा चालु आर्थिक वर्षको समिक्षा र आगामी आर्थिक वर्षको रणनीतिको बिषयमा देशभरमा बजार प्रतिनिधिले छलफल गरेका थिए । पैचो नेशलन सेल्स समिटमा पैचो टिमले अहिलेसम्म गरेको काम उत्साहजनक भएको भन्दै आफ्नो भूमिका र उत्तरदायित्वलाई अझै दत्त चित्त भएर काम गर्ने हो पैचोका उत्पादन ग्राहकको पहिलो रोजाईमा पर्ने निष्कर्ष निकालिएको छ ।

पैचोले ग्रामिण कृषकले उत्पादन गर्ने कृषिउपजबाट केचअप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत ७० भन्दा बढी प्रकारका खाद्य सामान उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउदै आएको छ ।

कार्यक्रममा पैचोका नेशनल सेल्स हेड, उत्पादन विभाग प्रमुख, कलसेन्टर, ब्राण्डिङ विभाग, सेल्स सुपरभाजर, डिलर सर्पोटर लगायत सयभन्दा बढीको सहभागिता थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १० : ०४ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर