नवलपुर। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण गरिएको नयाँ पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नयाँ पुल सञ्चालनमा आएसँगै यस खण्डको यातायात आवागमनमा उल्लेखनीय सहजता आउने भएको छ । लामो समयदेखि पुलको अभावले यात्रुहरूलाई कठिनाइ बेहोर्नुपरेको थियो ।
पुल भत्किएपछि अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले पटक–पटक बगाउने गर्दा आवतजावतमा समस्या हुने गरेको थियो । डाइभर्सन बिग्रिएपछि सवारी सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाउँदै आएको थियो ।
नयाँ पुलले स्थायित्वसहितको यातायात सुविधा प्रदान गर्ने विश्वास गरिएको छ । स्थानीयवासी र यात्रुहरूले पुल सञ्चालनमा आएपछि राहत महसुस गरेका छन् । यद्यपी दाउन्ने खण्ड अझै पनि समस्याग्रस्त रहेका कारण बुटवल नारायणघाटको यात्रा भने अझै केही समय सहज हुने भने देखिँदैन ।


















प्रतिक्रिया