२८ असार २०८३, आइतबार | July 12, 2026

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा



काठमाडौं । घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।

मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिएको पुष्टि गर्दै गुप्ताले आफूले पद त्याग गरिसकेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा गुप्तालाई बोलाएर घटनाबारे सोधपुछ गरेका थिए।

भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा २५ लाख रुपैयाँ घुस लिएको तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँको लेनदेन प्रयास गरिएको भन्ने अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।

यस घटनापछि सत्तारूढ नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतले गुप्ताको तत्काल बर्खास्तीको माग गरेका थिए। त्यस्तै, एमालेकै सांसद किरण साहले सोमबार संसद बैठकमै मन्त्री गुप्तालाई तत्काल पदबाट हटाउनुपर्ने माग गरेका थिउ ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका गुप्ताले भने सो आवाज आफ्नो भए पनि त्यो पैसा आफुले नलिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ११ : ३५ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण