३० असार २०८३, मंगलबार | July 14, 2026

नेपालगन्ज भन्सारबाट लक्ष्यको ७४ प्रतिशत मात्र राजश्व सङ्कलन



नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा ताकिएको लक्ष्यको ७४ दशमलव ६३ प्रतिशत मात्र सङ्कलन गर्न सकेको छ । भन्सार विभागले गत आव २०८१/८२ मा २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रुपियाँ राजश्व सङ्कलनको लक्ष्य तोकेकोमा ७४.६३ प्रतिशत मात्र राजश्व सङ्कलन गर्न सकेको हो ।

नेपालगन्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि लागत बढेको भन्दै केही मालबाहक ट्रक लगायतका सवारी साधनहरूले नाका परिवर्तन गरेपछि राजश्व सङ्कलन लक्ष्य अनुसार सङ्कलन हुन नसकेको भन्सार कार्यालय नेपालगन्जले जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयमा सङ्कलन हुने राजश्वको करिब ५० प्रतिशत रकम पेट्रोलियम पदार्थको आयातबाट मात्रै हुने गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकृत पवित्र कुमार खड्काका अनुसार नेपालगन्ज भन्सारबाट गत आवमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपियाँ राजश्व सङ्कलन भएको छ । आव २०८०/८१ मा १८ अर्व १५ करोड ७२ लाख ३३ हजार रुपियाँ राजश्व सङ्कलन भएकोमा आव २०८०र८१ भन्दा २०८१/८२ मा दुई अर्व १२ करोड रुपियाँ बढी राजश्व सङ्कलन भएको सूचना अधिकृत खड्काले बताए ।

नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजश्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क रहेको छ । नेपालगन्ज नाकाबाट जडिबुटी लगायतका सामाग्रीको निकासी समेत हुने गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  २ : ३४ बजे

लगातारको वर्षाले बढ्यो कालीगण्डकीको बहाव, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न