१६ बैशाख २०८३, बुधबार | April 29, 2026

दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



दाङ । दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल) एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । उनीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहीले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय नवराज पौडेल मोटरसाइकलमा पछाडि सवार बारा विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बस्ने १८ वर्षीय रोशन पण्डित घाइते हुनुभएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : ३७ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात