२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल



काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ ।

नेपाली समयअनुसार सोमबार बिहान ७:१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् । अर्कोतर्फ, बिग ब्यास लिग खेलिसकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा मैदान उत्रिनेछन् ।

नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोर्नु परेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो ।

मेलबर्न स्टार्सले भने दुई खेलमा एक हार र एक जित निकालेको छ । पहिलो खेलमा मेलबर्न रेनेगेड्ससँग ४ रनले पराजित भएको स्टार्सले दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गरेका थियो ।

नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ । मेलबर्नसमेत नेपाललाई पराजित गर्दै तालिकाको माथिल्लो स्थानमा उक्लन चाहन्छ ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ७ : २६ बजे

एसियन गेम्स छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको

ठमेलका स्पा र मसाज सेन्टरमा महानगरको अनुगमन, बालश्रम र यौन शोषणविरुद्ध कडा निगरानी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालनमा रहेका मसाज सेन्टर

पश्चिमी प्रभाव सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

काठमाडौं । मुलुकको पश्चिमी क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै