२० मंसिर २०८२, शनिबार | December 6, 2025

टप एण्ड टी-२० सिरिज : नेपालले लगातार तेस्रो हार



काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो हारको सामना गरेको छ । सोमबार मेलबर्न स्टारसँग नेपाल ३१ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउको नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४४ रन बनाएको हो।नेपालका लागि ओपनर आशिफ शेखले ४८ बलमा ५३ रन बनाउँदै अर्धशक बनाए । अर्का ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन बनाए भने कप्तान रोहित पौडेल ३१ बलमा ३३ रन बनाएर आउट भए ।

नेपालका भीम सार्की दुई बल खेल्दा एलबीडब्लु धरापमा परे भने दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोडे।कुशल मल्लले ११ बलको सामना गरेर मात्र ११ रन बनाए भने गुल्सन झाले तीन बलमा २ रन बनाएर आउट भए । नेपालका लागि आरिफ शेख भने ९ बलमा आठ रन बनाएर नटआउट रहे । मेलबर्नका लागि अस्टिन एनलेजार्क र डग वारेनले दुईदुई विकेट हात पारे ।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।नेपालविरुद्ध मेलर्बनका थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले सानदार अर्धशतक बनाएका थिए । थोमसले ४६ बलमा ६५ रन बनाउँदा ब्लेकले ४७ बलमा ७४ रन जोडेका थिए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र साहब आलमले एकएक विकेट हात पारे ।

नेपालले सिरिजमा योसँगै तीन खेल गुमाएको हो । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  १२ : १३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय