३ भदौ २०८३, बुधबार | August 19, 2026

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय



काठमाडौं । भक्तपुर जिल्ला अदालतले सामाजिक अभियन्ता भनिएकी आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तोकेको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।

उनीहरूलाई कैद सजायसँगै जनही ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति पीडितलाई बुझाउने र पीडित राहत कोषमा २०० रुपैयाँ योगदान गर्ने आदेश दिइएको छ ।

सूर्यविनायक नगरपालिकाले साँगामा निर्माण गरेको झोलुङ्गे पुलमा रकम उठाउने विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको र पालिकाले राखेको सूचना च्यातेको आरोप थियो । सोही आधारमा नगरपालिकाले प्रहरीमा जाहेरी दर्ता गरेको थियो ।

उक्त घटनाबारे प्रहरी, सरकारी वकिल र अदालतमा आशिका तामाङले गल्ती स्वीकार गरेको समेत जानकारी गराइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ६ : ४८ बजे

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज