१४ भदौ २०८३, आइतबार | August 30, 2026

भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भक्तपुरको गुण्डुमा बसिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नयाँ डेरामा दिउँसो २ बजेबाट बसिरहेको बैठकमा बैठकमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र सत्ताबाट बहिर्गमन हुनुपर्नाको विषयमा गहन समीक्षा हुने बताइएको छ ।

‘जेन–जी’ आन्दोलनपछि सत्ताच्युत भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको ब्यारेकमा बसेका अध्यक्ष ओली गत असोज २ गते मात्रै सार्वजनिक भएका थिए । यसबीचमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका कतिपय नेताहरुले तत्काल बैठक बोलाउन प्रस्ताव गरेका थिए । तर ओलीले आफ्नो उपस्थिति बिना कुनै बैठक बस्न नसक्ने अडान लिएका थिए । बरु ओलीले आफु सार्वजनिक भएपछि सचिवालय र अन्य जनसंगठनका नेताहरुलाई एक एक भेट गरी कन्भिन्स गर्ने काम गरेका थिए ।

ओलीले हिजो मात्र सार्वजनिक भाषण गर्दै आफुलाई सत्ताच्यूत गर्न देशी विदेशी षड्यन्त्र भएको आरोप लगाएका थिए ।

उनले सरकार र आफ्नो नेतृत्वविरुद्ध गम्भीर षड्यन्त्र भएको दाबी गर्दै त्यस विरुद्ध प्रतिवाद आवश्यक रहेको जिकिर गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ३ : १७ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो