काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भक्तपुरको गुण्डुमा बसिरहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको नयाँ डेरामा दिउँसो २ बजेबाट बसिरहेको बैठकमा बैठकमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र सत्ताबाट बहिर्गमन हुनुपर्नाको विषयमा गहन समीक्षा हुने बताइएको छ ।
‘जेन–जी’ आन्दोलनपछि सत्ताच्युत भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको ब्यारेकमा बसेका अध्यक्ष ओली गत असोज २ गते मात्रै सार्वजनिक भएका थिए । यसबीचमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका कतिपय नेताहरुले तत्काल बैठक बोलाउन प्रस्ताव गरेका थिए । तर ओलीले आफ्नो उपस्थिति बिना कुनै बैठक बस्न नसक्ने अडान लिएका थिए । बरु ओलीले आफु सार्वजनिक भएपछि सचिवालय र अन्य जनसंगठनका नेताहरुलाई एक एक भेट गरी कन्भिन्स गर्ने काम गरेका थिए ।
ओलीले हिजो मात्र सार्वजनिक भाषण गर्दै आफुलाई सत्ताच्यूत गर्न देशी विदेशी षड्यन्त्र भएको आरोप लगाएका थिए ।
उनले सरकार र आफ्नो नेतृत्वविरुद्ध गम्भीर षड्यन्त्र भएको दाबी गर्दै त्यस विरुद्ध प्रतिवाद आवश्यक रहेको जिकिर गरेका थिए ।


















प्रतिक्रिया