२६ असार २०८३, शुक्रबार | July 10, 2026

एमालेको निस्कर्ष : सरकारको कदम प्रतिशोधपूर्ण र आपत्तिजनक

असोज २७-२९ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय



काठमाडौं । नेकपा (एमाले)ले वर्तमा सरकार राजनीतिक प्रतिशोधको बाटोमा हिँडेको निस्कर्ष निकालेको छ ।

आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निस्कर्ष निकालेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि पासपोर्ट रोक्का गर्ने सिफारिसप्रति आपत्ति जनाए।

‘अध्यक्ष ओलीसहित अन्य नेताको राहदानी रोक्का गर्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञवालीले भने, ‘गृह मन्त्रालयमार्फत पहिले नै मिडिया ट्रायल गराइएको थियो, अहिले फेरि दसैंको अवसर पारेर गरिएको यो कदम प्रतिशोधपूर्ण र आपत्तिजनक छ।’ उनका अनुसार यस्ता निर्णयले आयोगको विश्वसनीयता नै संकटमा पार्नेछ ।

आजै आयोगले पूर्वप्रधानमन्त्री ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको थियो।

ज्ञवालीले सरकार दलहरूसँग परामर्श नगरी निषेध र प्रतिबन्धको बाटोमा अघि बढ्न खोजिरहेको आरोप समेत लगाए। उनले थपे, ‘यो सरकार चुनाव गराउने उद्देश्यका लागि नभई प्रतिशोध र निषेधमा केन्द्रित भएको देखिन्छ।’

ज्ञवालीका अनुसार विभिन्न समूहबाट भौतिक क्षतिको धम्की आइरहे पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको अवस्था छ। कतिपय व्यक्ति र समुहले राजनीतिक दलमाथि नै प्रतिबन्ध लगाउनेजस्ता धम्की दिइरहेको उनले बताए।

एमालेले सचिवालयको अर्को बैठक असोज १९ र २० गते डाकेको छ । यसैगरी समग्र परिस्थ्तििबारे मूल्यांकन गर्दै निर्णय लिन असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

भदौ २४ गते सरकारबाट बाहिरिन बाध्य भएपछि एमालेको पहिलो औपचारिक बैठक बसेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : १० बजे

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी