१५ माघ २०८२, बिहिबार | January 30, 2026

टी-२० विश्वकप छनोट : नेपाल आज कुवेतसँग भिड्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोली आज कुवेतसँग प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छ ।

नेपालसहित ९ राष्ट्रले सहभागीता जनाएको यो प्रतियोगिता एसिया क्षेत्रको महत्वपूर्ण छनोट हो, जसबाट शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप-२०२६ मा स्थान पाउने छन् ।

समूह ‘बी’ मा रहेको नेपालले आज कुवेतसँग पहिलो खेल खेल्दैछ भने यही समूहमा जापान पनि सामेल छ । नेपाल र कुवेतबीचको भिडन्त बुधबार राति ८ः४५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने तालिका रहेको छ । कुवेतसँग अघिल्ला खेलहरूमा नेपालले मिश्रित नतिजा निकालेको छ भने जापानसँग भने यो पहिलो भिडन्त हुनेछ ।

यस प्रतियोगिताको समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार, र समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन् ।

नेपालले यसअघि युएईमा वेस्ट इन्डिजविरुद्धको सिरिज जितेर र ओमानमा भएका दुई अभ्यास खेलमा लगातार जित हात पारेपछि उच्च आत्मविश्वासका साथ प्रतियोगितामा उत्रिँदैछ ।

सिङ्गल राउन्ड रोविन ढाँचामा हुने यो छनोटमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्, जहाँबाट शीर्ष तीन टोलीले आगामी वर्षको आईसीसी टी-२० विश्वकप-२०२६ का लागि आफ्नो यात्रा सुनिश्चित गर्नेछन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ४१ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला