१४ भदौ २०८३, आइतबार | August 30, 2026

अध्यक्ष ओलीको स्वास्थ्य सुधारपछि एमाले सचिवालय बैठक पुनः सुरू



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज पुनः सुरू भएको छ।

अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बैठक बस्दै नबसी स्थगित भएको थियो । दुई दिनअघि, अर्थात् शुक्रबारदेखि सुरू भएको बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थामाथि विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए। सो प्रस्तावमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव र उपमहासचिवसम्मका नेताहरूले धारणा राखेका थिए। जसमध्ये महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले ओलीको प्रस्तावको समर्थन गरेका थिए।

तर वरिष्ठ उपाध्यक्षसहित अधिकांश उपाध्यक्षहरुले पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै नयाँ ढंगबाट संगठन पुनर्संरचना गर्नुपर्ने धारणा राखेका थिए। उनीहरुले अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने र नयाँ नेतृत्वका लागि बाटो खुला गर्नुपर्ने सुझाव दिएका थिए ।

आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल र लेखराज भट्टलगायतका नेताहरूले धारणा राख्ने कार्यक्रम छ।

बैठकले २९गतेदेखि बस्ने केन्द्रीय कमिटीको एजेण्डा पनि तय गर्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ४९ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ