काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आएपछि शनिबार साँझ देखि हवाई उडान प्रभावित भएको छ ।
रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिएकाले विमान अवतरण सम्भव नभएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए । समस्याका कारण करिब पाँच वटा उडान होल्डमा राखिएका छन्। प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको जानकारी दिए ।
उनका अनुसार शनिबार साँझ ५ः३० बजेदेखि समस्या सुरु भएको हो । रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् ।
कतार एयरवेजको जहाज ढाका डाइभर्ट गरिएको छ भने फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट गरिएको छ । विमानस्थलमा ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।
झन्डै दुई दर्जनपटक फन्को मारेपछि यो जहाज डाइभर्ट गरिएको हो ।
यसअघि कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको छ ।
विमानस्थलमा सयौं यात्रु प्रभावित भएका छन् । बिग्रेको लाइटिङ प्रणाली मर्मतको काम भइरहेको र यो नबनेसम्म उडान तथा अवतरण सम्भव नहुने विमानस्थलले जनाएको छ ।


















प्रतिक्रिया