२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं



काठमाडौं । देश नै ठप्प पार्ने गरी आन्दोलन गर्ने चेतावनी दिइरहेका मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार राति भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा लगिएको हो ।

प्रसाईंले शान्ति सुरक्षामा खलल पुग्ने गरी आन्दोलनको तयारी गरिरहेको आरोपमा पक्राउ परेका हुन् । उनले सोमबार मात्रै पत्रकार सम्मेलन गरी मंसिर ७ गतेबाट मेची-महाकालीसम्म सिंगो देश ठप्प पार्ने घोषणा गरेका थिए। उनले “गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र भ्रष्टाचार” विरुद्ध ठुलो आन्दोलनका लागि जनसमर्थन जुटाइरहेको दाबी गर्दै आएका थिए ।

अन्तरिम सरकारले प्रसाईंको आह्वानमा उग्र प्रदर्शन हुने र हिंसा भड्किन सक्ने संकेत पाएपछि सुरक्षाका लागि अग्रिम कदमस्वरुप उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, संभावित दंगा र अस्थिरता रोक्न प्रसाईंलाई हिरासतमा लिइएको हो ।

प्रसाईं नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ले ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने सार्वजनिक घोषणा गरेको थियो । सामाजिक सञ्जालमा प्रसाईंका समर्थकहरूले राजधानीमा आउन व्यापक मोबिलाइजेशन गरिरहेका थिए ।

सो अभियानमार्फत प्रसाईंले देशलाई हिन्दु राष्ट्रमा फर्काउनुपर्ने, संघीयता हटाउनुपर्ने र “भ्रष्टाचार र विदेशी हस्तक्षेप” अन्त्य गर्नुपर्ने जस्ता राजनीतिक एजेन्डा उठाउँदै आएका छन् । उनले हालका बैंक तथा वित्तीय संस्थाले जनतामा अत्यधिक कर बोझ थोपरेको भन्दै ऋण मिनाहाको माग समेत अघि सारेका छन् ।

प्रसाईं, पूर्व राजा ज्ञानेन्द्र शाहसंग निकट मानिन्छन् । उनी यतिबेला सामाजिक सञ्जाल र आमसभा मार्फत वर्तमान सरकारविरुद्ध कटाक्ष गर्दै “विदेशीको एजेन्ट” भन्दै सरकार ढाल्ने धम्की समेत दिँदै आएका थिए ।

पछिल्लो समय उनको अभिव्यक्ति, गतिविधि र तिखा टिप्पणीले राजनीतिक वृतमा विवाद चुलिँदै गएको थियो । अब पक्राउ परेपछि मंसिर ७ को महाआन्दोलनको भविष्य अनिश्चित बनेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ७ : २८ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित